एम्नेस्टी इन्टरनेसनलले रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको ज्यादतीको शिकार बन्ने पुगेको बारे तत्काल प्रभावकारी ढंगले अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै रुपन्देहीको देवदह नगरपालिका ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासी र जाजरकोटका २० वर्षीय नवराज बिकले जातीय विभेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण मृत्युबरण गरेको भन्दै छानबिन गर्न माग गरेको हो।
१० जेठमा रुपन्देही १२ वर्षीय पासीको शव रूखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। स्थानीय २२ बर्षीय बिरेन्द्र भरसँग प्रेम सम्वन्ध राखेको र जेठ ९ गते उनीहरुलाई स्थानीयले सँगै फेला पारेका थिए। त्यसपछि त्यस वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए। प्रारम्भिक पुलिस अनुसन्धानले उनको बलात्कार र हत्या भएको खुल्नमा आएको एम्नेस्टीले जनाएको छ।
सोही दिन रुकुम जिल्लामा १८ जना युवाहरूको स्थानियहरुले आक्रमण गरेका थिए। उनीहरुमध्य पाँच जनाको शव पाँच दिनपछि पत्ता लगाइएको छ र अर्का एक व्यक्ति हराइरहेका छन्।
यी भयावह मृत्युले नेपालमा दलितहरूले सामना गरिरहेको भेदभाव र हिंसाको उदाहरण प्रस्तुत गरेको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निरन्जन थपलियाले बताएका छन्।
‘दुबै दुर्घटनामा स्थानीय प्रतिनिधिहरूको संलग्नता रहेको कारण पीडितहरुले न्याय पाउने अवस्था छैन। त्यसैले वास्तविकता ल्याउन त्यहाँ स्वतन्त्र र प्रभावकारी छानबिन हुनु आवश्यक छ। संदिग्ध अपराधीहरू पीडित र उनीहरूको परिवार सामू विश्वासयोग्य प्रक्रिया मार्फत जवाफदेही हुनुपर्दछ।’