मानव अधिकार संगठन र आयोगबीच कोरोना संकट विषयमा छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल मानव अधिकार संगठन र राष्ट्रिय मानव अधिकार आयोगले  कोरोना संकट र मानव अधिकार विषयमा जुममार्फत छलफल गरिएको छ। 

मानव अधिकार संगठनको संयोजन र आयोगको प्राविधिक सहयोगमा गरिएको छलफल करिव २ घण्टा चलेको थियो।

छलफलमा प्रमुख अतिथीका रुपमा आयोगका  सदस्य गोविन्द शर्मा पौडेल थिए  भने अध्यक्षता र सन्चालन महामुनीश्वर आचार्यले गरेका थिए। 

छलफलमा संगठनका संस्थापक, पूर्व एवं निवर्तमान अध्यक्षहरु, प्रदेश संयोजक,केन्द्रिय पदाधिकारी एवं सदस्यहरु ,४० जिल्लाका सभापति र सन्चारकर्मीको समेत सहभागिता थियो। 

सहभागी सवैले आ–आफ्नो क्षेत्रका कोरोना सम्वन्धित संकटवारे विचार राखेका थिए।
 

प्रकाशित मिति: : 2020-05-28 21:58:45

प्रतिकृया दिनुहोस्