सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालीलाई स्वदेश फर्काउन आवश्यक बजेट व्यवस्था गरिएको बताए।
अहिले खाडी, मलेसियालगायत देशमा धेरै नेपाली रोजगारी गुमाएर अलपत्र परेका छन्।