सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने भएको छ ।
अर्थ मन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने बताएका हुन्।
खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ । यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ ।