पर्यटन उद्योगका लागि ५० अर्बको कोष, लकडाउनले प्रभावित व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउनले प्रभावित पर्यटन व्यवसायीलाई ५ प्रतिशत व्याजमा ऋण प्रदान गर्ने बताए।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै यसका लागि सरकारले ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने जानकारी दिए 

याे कोष नेपाल राष्ट्र बैंकको नियन्त्रणमा हुने जानकारी दिए। यो कोषबाट रकम लिएर पर्यटन व्यवसायीले आफ्ना कर्मचारीको तलव व्यवस्थापन तथा व्यवसाय विस्तारमा प्रयोग गर्न सक्नेछन्।

यस्तै सरकारले पर्यटन उद्योगमा कार्यरत श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालन गराउनका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गर्ने भएको छ।

यसमा सरकारी तथा दातृ निकायबाट पैसा जम्मा हुने र पर्यटन व्यवसायीले पाँच प्रतिशतले ऋण पाउने छन्।


 

प्रकाशित मिति: : 2020-05-28 16:47:06

प्रतिकृया दिनुहोस्