कोरोना रोकथामका लागि तत्काल खर्च गर्ने गरी ६ अर्ब बजेट विनियोजन

अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथामका लागि तत्काल खर्च गर्ने गरि ६ अर्ब बजेट विनियोजन गरेका छन्। बिहिबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट  प्रस्तुत गर्दै मन्त्री खतिवडाले उक्त रकम छुट्टाएको जानकारी दिएका हुन्।

कोरोनालाई थप विस्तार हुन नदिन, उपचार र आवश्यक श्रोत, औषधी र उपकरण कम हुन नदिन बजेट छुट्टाएको उनले जानकारी गराएका हुन्।

यस्तै स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मीलाई रू ५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थासमेत गरेको जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2020-05-28 16:26:00

प्रतिकृया दिनुहोस्