कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुग्यो : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

ललितपुरको किस्ट मेडिकल कलेजमा जेठ १४ गते मृत्यु भएका ५६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्। उनी कलेजोका बिरामी थिए।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँके नरैनापुरका २५ वर्षीय युवा, गुल्मी मदानेका ४३ वर्षीय पुरुष र वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-05-28 14:48:20

प्रतिकृया दिनुहोस्