भारतमा २४ घण्टामा थपिए ६५ सय बढी काेराेना संक्रमित

बिएल संवाददाता

मुम्बई, बिएल हिन्दी ब्यूराे

भारतमा पछिलाे २४ घण्टामा ६ हजार भन्दा बढी काेराेना भाइरसका संक्रमित फेला परेका छन्। 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार ६ हजार ५ सय ६६ काेराेना भाइरस स्रंक्रमित थपिएका हुन्।

यस्तै २४ घण्टमा काेभिड–१९ बाट १९४ जानकाे मृत्यु भएको छ। याेसँगै देशभर काेराेना भाइरस संक्रमितकाे संख्या कुल संख्या १ लाख ५८ हजार ३ सय ३३ पुगेकाे छ। जसमध्ये ८६ हजार १ सय १० सक्रिय केसहरु रहेका छन्।

भारतमा ६७ हजार ६२२ काेराेना संक्रमित उपचार पश्चात ठिक भइसके भने ४ हजार ५३१ जनाकाे मृत्यु भएकाे छ। 

त्यस्तै राजस्थानमा १३१, कर्नाटकमा ७८, ओडिशामा ६७ र आन्ध्र प्रदेशमा ५४ जनामा काेराेना भाइरसकाे सिकार भएका छन्। 

प्रकाशित मिति: : 2020-05-28 14:07:15

प्रतिकृया दिनुहोस्