आमाको माया: आफ्नाे रिपाेर्ट नेगेटिभ आएपनि कोरोना संक्रमित छोराको साथ आइसाेलेशनमा बसिरहिन्

बिएल संवाददाता

मुम्बई, बिएल हिन्दी ब्यूराे

कोरोना भाइरसको महामारीका कारण मानिसहरूले एक अर्काबाट दुरी बढाएका छन्। तर यसले आमाको मायामा कुनै प्रभाव पारेको छैन्। यसको पछिलो उदाहरण हो मिर्जापुर जिल्लामा बसोबास गर्ने एक आमा।

मिर्जापुर जिल्लामा कोरोना भाइरस संक्रमणकाे आशंकामा एक महिलालाघ आइसोलेसन वार्डमा भर्खरै भर्ना गरिएको छ। उनको रिपोर्ट नेगेटिभ आएता पनि उनी अस्पतालमै छिन्।

अस्पतालका कर्मचारीहरुका अनुसार उनको छोरोको रिपोर्ट आउन बाँकी रहेकाले आमालाई पनि आइसोलेसन वार्डमा राखिएको हो। 

कर्मचारीका अनुसार अहिले आमा छोरोसँगै आइसोलेसनमा छन्। उनलाई बारम्बार छोरोसँग अलग बस्न सल्लाह दिएपनि ति महिलाले इन्कार गर्दै आएकी छिन्। उनले आफू छाेरासँगै बस्न पाउनुपर्ने बताउँदै आएकी छिन्।

‘उक्त महिलालाई हामीले धेरैपटक भन्यौं तपाइको छोराको रिपोर्ट नआएसम्म अलग बस्नुहोस्। तर उहाँ अलग्गै वार्डमा नबस्ने भन्दै इन्कार गर्दै आउनु भएको छ,’एक कर्मचारीले भने। उनका अनुसार तवसम्म आइसोलेसनमा बस्नेछिन् जवसम्म छोराको रिपोर्ट आउँदैन।

अस्पताल स्रोतका अनुसार ७ मेमा मिर्जापुर कच्छवाकी एक महिलामा कोरोना भाइरस पुष्टि भएको थियो। उक्त महिला मुम्बईबाट फर्केकी थिइन्।

त्यसपछि परिवारका अन्य ११ सदस्यको कोरोना परीक्षण गरिएको थियो। तत्पश्चात सबै विन्ध्याचलको आइसोलेसन वार्डमा भर्ना भए। 

महिलाको परिवारसहित आठ व्यक्तिको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको छ। यसमा एक महिलाको देउरानी पनि सामेल छिन्।

अस्पताल स्रोतका अनुसार मंगलबार पहिलो कोरोना भाइरस संक्रमित महिलाको रिपोर्ट पनि नेगेटिभ आएको थियो। महिलालाई उनको पाँच वर्षे छोराको साथ छुट्टै वार्डमा भर्ना गरिएको थियो। रिपाेर्ट नआएसम्म जाेखिम हुने भएका कारण छुटै राखिएकाे हाे।

रिपोर्ट नेगेटिभ आउँदा बालकलाई अरुले छोडे। तर, बालकका आमाले अस्पतालको कर्मचारीसँग बिन्ती गरे कि उनको छोरो नाबालक छ त्यसैले उनीसँग बस्न पाउनुपर्छ। तर उनकाे बिन्ति लागेन। अस्पताल प्रशासनले छुटै राख्ने निर्णय गर्‍याे।

अस्पतालका कर्मचारीहरुले दोस्रो पटक नमूना पठाएपछि बालकलाई अस्पतालबाट डिस्चार्ज गर्ने आश्वासन दिएका छन्।

त्यसबेलादेखि आमा अलग्गै वार्डमा छोराको रिपोर्टको लागि पर्खिरहेकी छिन्। रिपोर्ट बिहीबार आउन सक्ने अस्पताल स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2020-05-28 13:25:20

प्रतिकृया दिनुहोस्