सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्चाउनको लागि गरेको लकडाउन दुई महिना बढी पुगेको छ।
यो अवधिमा लकडाउनको उल्लंघन गर्नेको संख्या एक लाख ६३ हजार ४ सय ६० जना पुगेको छ।
कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्यांक अनुसार ९३ हजार ९ सय २२ सवारी साधनहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
लकडाउनलाई प्रभावकारी बनाउन सीसीएमसीले सेनाबाट ७ हजार ५ सय ५०, नेपाल प्रहरीबाट ४६ हजार ८ सय, एपीएफबाट ३१ हजार एक सय ९० र राष्ट्रिय अनुसन्धान विभागबाट १९ सय ९७ गरि करिब ८७ हजार ५ सय ७२ सुरक्षाकर्मी परिचालन गरिरहेको छ।
सीसीएमसीको ‘शान्ति सुरक्षा क्लस्टर’ अनुसार लकडाउनलाई प्रभावकारी बनाउन उक्त काम भएको हो।
सीसीएमसीले सीमा क्षेत्रमा १२ सय १३ स्थानमा चेक प्वाइट राख्दै नेपाल भित्रिने व्यक्तिहरुमाथि निगरानी गरेको छ। सीमामा अन्य २२ हजार ६ सय १६ जनशक्ति अहिले खटिएको सीसीएमसीको तथ्यांक छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भारतबाट आउने नागरिकहरुलाई सहज व्यवस्थापन गर्नको लागि क्वारेन्टानमा रहेका मान्छेहरुको नाम, ठेगाना संकलन गर्ने काम भइरहेको बताए।