संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरेका हुन्।
उनका अनुसार यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको हो।
संक्रमित सैनिक कुन तहका हुन् भन्नेबारे भने सेनाले केही खुलाएको छैन।