भारतमा कोरोनाको संक्रमणबाट २४ घण्टामा १७० जनाको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा कोरोना भाइरस (काेभिड–१९)को संक्रमणबाट पछिल्लाे २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। यस्तै २४ घण्टामा कोभिड-१९ का ६,३८७ संक्रमित थपिएकाे भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

योसँगै भारतमा अहिलेसम्म कोरोना १ लाख ५१ हजार ७६७ संक्रमित पुगेका छन्। उनीहरु मध्ये ८३ हजार भन्दा धेरै संक्रमित अहिले अस्पतालमा उपचाररत छन्।

६४ हजार भन्दा केही बढी व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ। भारतको स्वास्थ्य सेवा विभागले अहिलेसम्म देशभर ४३३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-05-27 13:00:19

प्रतिकृया दिनुहोस्