सेती अस्पतालको आइसोलेशनमा राखिएकाे एक पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएका एक पुरुषको मृत्यु भएको छ।

कैलालीका गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजे आइसोलेशनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका उनले बताए । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए।

मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ। 

प्रकाशित मिति: : 2020-05-27 09:59:48

प्रतिकृया दिनुहोस्