मंगलबार प्रतिनीधिसभाकाे बैठक बस्दैछ। बैठक दिउँसाे १ बजे बस्न लागेकाे हाे।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले 'आर्थिक वर्ष २०७६/०७७ काे आर्थिक सर्वेक्षण' पेश गर्ने कार्यसूची रहेकाे संघिय संसदकाे महासचिव डा. भरतराज गाैतमले बताए।
आर्थिक सर्वेक्षण पेश भएको तेस्रो दिन अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुनेछ । जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था संविधानमा नै रहेको छ ।