लकडाउनको सदुपयोग गर्दै चितवनमा अभिभावकले गरे विद्यालय परिसरमा सरसफाई

लकडाउनको सदुपयोग गर्दै चितवनमा अभिभावकहरुले विद्यालय परिसरमा सरसफाई गरेका छन् । चितवन जिल्लाको दक्षिण अयोध्यापूरी माडी नगरपालीका ८ मा रहेको आधारभूत बिद्यालयमा अभिभाबकहरुले सरसफाई गरेका हुन् ।

विद्यालय हातामा तरकारी फलाउने र स्वस्थ्य हराबरा बनाउने उद्देश्यले विभिन्न टोलबाट सय जना भन्दाबढी अभिभावकहरुको सक्रियतामा सरसफाइ गरिएको अभियन्ता धिरेन्द्र साहले बताए।

विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरुले गत जेष्ठ ७ गतेबाट सोमबार १२ गतेसम्म विद्यालयमा सरसफाई गÞरे करेसावारि जोतखन तथा नयाँ फुलबारी ब्यबस्थापन गरेको उनले बताए।

अभिभावकहरुको सरसफाई कार्य हेरेर स्काई टच कन्सटक्सन एन सप्लायर्स प्रा.लिले आफ्नै  लगानी र सक्रियतामा सोमबारदेखि बाल उद्यान चौतारी निर्माण कार्य समेत अगाडि बढाउने निर्णय गरेको उनले बताए।

६ दिनसम्म निरन्तर विद्यायलको सफाइमा जुटेका अभिभावकहरुलाई  विद्यालयका पूर्वब्यबस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारी, पूर्वप्रध्यानाध्यापक कृष्णराज अधिकारी एवं युवा अभिभावक मोहनबहादुर आले मगरले खाजा पानीको सहयोग गरेका थिए ।

विद्यालयप्रति अभिभावकले देखाएको सहभागीता र सक्रियतालाई सबैले हौसला बढाएका छन्। अभिभावकहरुको कार्यको सराहना गर्दै अभियन्ता शाहले लकडाउनको समयको सदुपयोग गर्दै आ–आफ्नो क्षेत्रमा रहेका युवाहरुलाई पनि गाउँ नगर टोल तथा सार्वजनिक स्थलको सरसफाइमा लाग्न आग्रह गरेका छन् । 


 

प्रकाशित मिति: : 2020-05-25 23:34:54

प्रतिकृया दिनुहोस्