रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन जनार्दन शर्माको माग

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका नेता जनार्दन शर्माले रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाएर दोेषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । 

कोरोनाको महामारीको अवधिमा समेत विभिन्न अपराधिक घटनाहरु हुन नछाडेको भन्दै ती घटनाको अनुसन्धान र कारवाही प्रक्रियालाई गम्भीर रुपमा लिन जरुरी भएको उनले बताएका छन् ।

शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘चौरजहारी नपा ८ सोतिमा घटेको गम्भीर घटना प्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछु।’

उनले उक्त घटनाको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार,पार्टी लगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्न समेत अनुरोध गरेका छन् ।

मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए ।

तर शनिबार गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएको थियो । 

प्रकाशित मिति: : 2020-05-25 19:30:37

प्रतिकृया दिनुहोस्