नुवाकोटमा पहिलो पटक भेटिए कोरोना संक्रमित

नुवाकोटमा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन्। 

ककनी गाउँपालिका ३ का एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। 

सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङका अनुसार उनी सिसडोल क्षेत्रमा फोहोर व्यवस्थापन गर्थे। 

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा जेठ ६ गते परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो। 
 
ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो।

जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो। 

प्रकाशित मिति: : 2020-05-24 16:38:06

प्रतिकृया दिनुहोस्