कैलालीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरी रहेका छन्।
उनी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका थिए। इँटाभट्टा नजिकै डेरा गरेर बसेका उनको आज बिहान तार सर्ट भइ करेन्ट लागेको हो।
करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन्।
करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको थियो भने घाइते भएका सुजनको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।