महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफ्नै टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
डिउटी सकेर आइतबार बिहान फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन ।