सरकारले सच्यायो ईदको सार्वजनिक बिदा, आज होइन भोलि हाे

बिएल संवाददाता

काठमाडाै‌ं

मुस्लिम समुदायको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ। 

 गृह मन्त्रालयले यसअघि जेठ ११ गते अर्थात् आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो।

मन्त्रीपरिषदको निर्णयपछि गृह मन्त्रालयले ११ गते सार्वजनिक बिदा दिने भनी निकालेको सूचना शनिबार राति सच्याएर अर्को सूचना निकालेको हो।

ईद पर्व सोमबार मनाइने भएकाले गृहले सूचना निकालेर बिदा सच्याएको हो। 

मन्त्रीपरिषदको बैठकले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार दिइने गृहले सूचना निकालेर जानकारी दिएको हो।

प्रकाशित मिति: : 2020-05-24 07:34:38

प्रतिकृया दिनुहोस्