किसाननगरमा युवा क्लवले बाँड्यो घरैपिच्छे मास्क

महोत्तरीको बर्दिबास नगरपालिका ६ मा पर्ने किसाननगर गाउँमा स्थानीय शिवशक्ति युवा क्लबले घरैपिच्छे सपरिवारलाई मास्क वितरण गरेको छ।

क्लवमा आवद् युवाहरूले जनही आर्थिक संकलन गरेर तयार परिएको घरेलु मास्क बितरण गरेका हुन्।

घर हातामा समेत प्रवेश नगरी घरमुलीलाई बाटोमै बोलाएर परिवार संख्या सोधेर जनही घर सदस्यलाई पुग्ने गरि मास्क बितरण गरिएको थियो।

कोरोनाको सम्भावित संक्रमण रोक्न भन्दै सरकारले लकडाउनको समयावधी बढाईरहेका बेला क्लवमा आवद् युवाहरुले आफ्नै प्रयासमा मास्क वितरण गरेर उदाहरणीय काम गरेको भन्दै अहिले गाउँलेहरुले युवाहरुको प्रशसां गर्ने गरेका छन्।

क्लवका अध्यक्ष सन्तोष कुमार महतोले पहिलो चरणमा २ हजार मास्क वितरण गरेको जानकारी दिदै भने, ‘गाउँका सबैलाई मास्क बितरण गर्ने क्लवको योजना छ।’

युवाहरुको मास्क वितरण अभियानलाई बर्दिवास नगरपालिका ७ का वडाध्यक्ष फाल्गुन सुस्लिङ र ६ नं. वडासदस्य मञ्जु देवि सिहंले साथ दिएका थिए।

कोरोन संक्रममण रोकथामका लागि ६ नं.का वडाध्यक्ष पदम बहादुर आलेले कुनै पहल नगरेकोप्रती वडाबासीले आलोचना गरिरहेका बेला युवाहरुको सक्रियतामा मास्क वितरण भएको हो।

प्रकाशित मिति: : 2020-05-23 18:13:20

प्रतिकृया दिनुहोस्