नेपालमा थप ६८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ।
यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो।
शनिबार मात्रै थप ६८ जनामा संक्रमण
शनिबार बिहान ३२ र दिउँसाे थप ३७ गरि ६८ जनामा संक्रमण पुष्टि भएकाे छ।
बिहान पुष्टि भएकाहरुमा सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात जना पुरुष र एक महिला रहेका छन्।
यस्तै रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुष, काठमाडाैंका एक पुरुष, बारा करैयामाइ गाउँपालिकाकी एक महिला र चिवतन भरतपुर–६ का एक जना पुरुष रहेको मन्त्रालयकाले जानकारी दिएकाे छ।
मन्त्रालयका अनुसार संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्।
यता दिउँसाे सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जनामा काेराेना पुष्टि भएकाे छ।
यस्तै नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।
उनीहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५८४ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।