अनुसन्धानले भन्छ– ट्रम्पले खाएको र सुझाएको औषधिले काेराेना संक्रमितको मृत्यु हुने जोखिम

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमणमुक्त हुनका उपायोगी हुने भन्दै सुझ्याउँदै आएको औषधिले संक्रमितको मृत्यु हुने जोखिम बढाउने देखिएको छ।

द ल्यानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले सुझाउँदै आएको होइड्रोक्सिक्लोरोक्वीनले बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको छ।

यो औषधि मलेरियासहित लुपस वा आर्थ्राइटिसको उपचारमा प्रयोग हुँदै आएको हो। तर अहिलेसम्म भएका कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न स्वीकृति दिएका छैनन्।

ट्रम्प भन्छन्,‘अमेरिकालाई प्रार्थना जरुरी छ, चर्चहरु खोल्नुपर्छ’

ट्रम्पले केही दिनअघि कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको बताएका थिए। उनले आफू अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभएको र हाइड्रोक्सिक्लोरोक्वीनले संक्रमण रोक्न सहयोग गर्ने सोचेर आफूले औषधि खाइरहेको बताएका थिए।

डाक्टर तथा स्वास्थ्य विज्ञहरुले गम्भीर चासो र चेतावनी दिए पनि ट्रम्पले लगातार सो औषधिले कोरोना भाइरसको संक्रमण निको हुने बताउँदै आएका छन्।

मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्दा कुनै फाइदा नहुने ल्यानसेटको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अहिलेसम्म भएका कुनै पनि अनुसन्धान तथा परीक्षणहरुमा हाइड्रोक्सिक्लोरोक्वीनले कोभिड–१९ को उपचारमा सकारात्मक प्रभाव पार्ने देखिएको छैन।

ल्यानसेटले कोरोना भाइरसका ९६ हजार संक्रमितमाथि अनुसन्धान गरेको हो। त्यसमध्ये झण्डै १५ हजारलाई हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीनको सम्बन्धित औषधि दिइएको थियो। यो औषधि एन्टिबडीसहित वा एन्टिबडी बाहेक दिइएको हो।

अर्को समूहका बिरामीको तुलनामा हाइड्रोक्सिक्लोरोक्वीन दिइएका बिरामीको अस्पतालमै मृत्यु हुने वा मुटुको चाल असामान्य हुने समस्या बढी देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धान प्रतिवेदन अनुसार हाइड्रोक्सिक्लोरोक्वीन दिइएका कोभिड–१९ का बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्वीन दिइएका बिरामीको मृत्युदर १६‍‍‍‍.४ प्रतिशत तथा अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत देखिएको छ।

एन्टिबडीसहित हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन दिएर उपचार गरिएका बिरामीको मृत्युदर अझ बढी देखिएको अनुसन्धानमा उल्लेख छ। अनुसन्धानकर्ताले क्लिनिलक ट्रायल बाहेक हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न चेतावनी दिएका छन्।

के ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्लान्

कोरोना भाइरसको उपचार वा संक्रमण नियन्त्रणमा यसको प्रभावकारिता हेर्नका लागि हाइड्रोक्सिक्लोरोक्वीनको हाल अनुसन्धान भने भइरहेको छ। युरोप, अफ्रिका, एसिया तथा दक्षिण अमेरिकाका ४० हजार भन्दा बढी स्वास्थ्यकर्मीलाई यो अनुसन्धान अन्तर्गत हाइड्रोक्सिक्लोरोक्वीन दिइएको छ।

 

प्रकाशित मिति: : 2020-05-23 07:10:30

प्रतिकृया दिनुहोस्