कपिलवस्तुमा शुक्रबार पुष्टि भएका ९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए ।
त्यसमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
संक्रमित पुष्टि हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवाका २९ वर्षिय पुरुष र अर्का वाणगंगा नगरपालिका वडा नम्बर ११ का २४ वर्षिय पुरुष रहेको उनले बताए ।