भारतमा कोरोना संक्रमितको संख्या ह्वातै बढेकाे छ।
भारतको स्वास्थ्य मन्त्रलायले शुक्रबार दिएको पछिल्लो जानकारी अनुसार कोरेाना संक्रमितको संख्या बढेर १ लाख १८ हजार भन्दा धेरै पुगेको छ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार संक्रमितको संख्या ६ हजार भन्दा धेरैले बढेको छ। याेसँगै भारतमा कुल संक्रमितकाे संख्या १ लाख १८ हजार ४४७ पुगेको छ।
संक्रमित मध्ये ३५८३ जनाको मृत्यु भइसकेको छ भने ४८ हजार ५४३ मानिसहरु उपचारपछि निको भएका छन्। भारतमा पछिल्लो २४ घण्टामा मात्रै १४८ जनाको भृत्यु भएको छ।