मिसाइलका लागि रूससँग सम्झौता गरेकाे भारतमाथि अमेरिकी प्रतिबन्धको खतरा

भारतमा अमेरिकी प्रतिबन्धको सम्भावना अझै रकेको एक अमेरिकी कूटनीतिज्ञले बताएका छन्। 

अमेरिकी चेतावनीको बाबजुद अक्टोबर २०१८ मा भारतले रसियासँग एस ४०० मिसाइल प्रणालीका लागि अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो। दक्षिण–मध्य एशियाका प्रमुख सहायक मन्त्री तथा राजदूत एलिस वेल्सले चेतावनी दिँदै भनेका छन्, ‘रूसबाट कयौं अर्ब डलरको एस–४०० मिसाइल प्रणाली किन्दा भारतमा अमेरिकी प्रतिबन्धको सम्भावना अझै छ। भारतले प्रविधिप्रति रणनीतिक प्रतिबद्धता देखाउनु पर्छ।’

यदि भारतले यो सम्झौता अघि बढायो भने उसले दण्डस्वरुप कटास ऐन अन्तर्गत अमेरिकी प्रतिबन्धको सामना गर्न सक्ने उनले बताएका छन्।

यो कानून अन्तर्गत रूसबाट रक्षा सामान किने ती देशहरुविरुद्ध पनि दंडात्मक कारबाही गर्न सकिन्छ। भारतका लागि अमेरिकी पूर्वराजदूत रिचर्ड वर्माको प्रश्नमा वेल्सले भने,‘अमेरिकामा कटास भन्ने धारणा अझै हटाइएको छैन।’

व्यापार द्विपक्षीय सम्बन्धको एक महत्त्वपूर्ण हिस्सा हो

व्यापारमा भारत –अमेरिकी सम्बन्धको महत्त्वपूर्ण हिस्सा हो। गत वर्ष करिब १५० अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार भएकाले दुई देशले सम्झौताको पक्षमा काम गरिरहेछन्। ‘म यस वर्ष सम्झौता हुने भविष्यवाणी गर्न सक्दिन,’ वेल्सले भने, ‘तर व्यापार सम्झौताको प्राप्ति धेरै बढी छ।’

अमेरिका भारतसँग काम गर्न चाहन्छ

अमेरिकाले भारतसँग व्यापारको वातावरण सुधार गर्न काम गर्न चाहन्छ। किनकि लगानी कम्पनीहरूले अब उनीहरूको आपूर्ति श्रृंखलामा विविधता ल्याउन खोजिरहेका छन्। वेल्सका अनुसार भारत र अमेरिका व्यापार सम्झौताको बारेमा वार्ता भइरहेको छ। तर, यस वर्ष नोभेम्बरमा अमेरिकामा हुने चुनाव अघि कुनै आशा छैन।

प्रकाशित मिति: : 2020-05-22 06:39:50

प्रतिकृया दिनुहोस्