राप्रपा जुम्लाद्वारा भारतको विरोध र सरकारी निर्णयको स्वागत 

राप्रपा जुम्लाले भारतको मिचाह प्रवृत्तिको विरोध गर्दै नेपाल सरकारले गरेको निर्णयको स्वागत गरेको छ।

बिहीबार राप्रपा जुम्लाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्र मार्फत भारतको विरोध तथा सरकारी निर्णयको स्वागत गरेको हो।

विज्ञप्तिमा भारत सरकारले नेपालको भूभाग हुँदै चीनको मानसरोवर पुगन लिपलेक हुँदै जाने सडक उद्घाटन गरेको घटनाको भर्त्सना गरिएको उल्लेख छ।

भारत सरकारको मिचाहा, हेपाहा कदम राष्ट्रियतामाथिको प्रहार भएकोले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपालीहरु सचेत हुन जरुरी रहेको राप्रपा जुम्लाका अध्यक्ष बेदबहादुर शाहीले बताए।

‘सरकारले २०७७ जेष्ठ ५ गते मन्त्रीपरिषदबाट निर्णय गरी नेपालको नक्सा। सार्वजनिक गर्ने कुराको राप्रपा स्वागत गर्दछ। साथै उक्त निर्णय कार्यान्वयन गर्न अविलम्ब भारत सरकारसँग कुटनैतिक पहल गर्न समेत माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-05-21 19:02:05

प्रतिकृया दिनुहोस्