दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट पहिलोपटक नवजात शिशुको मृत्यु भएको छ।
कोभिड–१९ कारण दुई दिने नवजात शिशुको मृत्यु भएको दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले बुधबार पुष्टि गरेको हो। मन्त्रालयका अनुसार जन्मिएसँगै शिशुमा श्वासप्रश्वासको समस्या देखिएको थियो। त्यसलाई शिशुलाई भेन्टिलेसनमा राखिएको थियो।
शिशुकी आमालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
दक्षिण अफ्रिकालमा पछिल्लो २४ घण्टामा शिशुसहित २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो। यससँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या तीन सय ३९ पुगेको छ। साथै संक्रमितको संख्या १८ हजार तीन पुगेको छ।