जोखिमपूर्ण बन्दै कोरोना बीमा : बीमा कम्पनीलाई खतराको घण्टी

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

कोरोनाभाइरस संक्रमणका लागि बीमा समितिले ल्याएको कोरोना बीमा जोखिमपूर्ण बन्दै गएको छ । कोरोनाभाइरसको संक्रमणको दर फैलिँदै गएको र यसको महामारी समुदायस्तरमा समेत देखिन थालेसँगै कोरोना बीमा थप जोखिमपूर्ण बन्दै गएको हो । कोरोनाभाइरसको संक्रमण भएको प्रमाणित भएपछि गरिने उपचार तथा सजगताको लागि भन्दै बीमा समितिले एक महिना अघि यस्तो बीमालेख जारी गरेको थियो ।

एक महिनाको अवधिसम्म आइपुग्दा यो बीमा पोलिसीमा नागरिकहरुको आकर्षण अत्यधिक देखिएको छ । मंगलबारसम्म ९ हजार ६ सय ६६ बीमालेखमार्फत् कुल १ लाख २१ हजार ९ सय ५७ जनाले यस्तो बीमाा गराएका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पछिल्लो दिन यस्तो बीमा गराउनेको संख्या बढ्दै गएको छ । मंगलबारमात्रै ८ हजार ४ सय २० जनाले यस्तो बीमा गराएका छन् । यो दर सोमबार ११ हजार ५ सय ८२ तथा आइतबार १२ हजार ८ सय ६ जना थियो ।

प्रकाशित मिति: : 2020-05-21 11:39:05

प्रतिकृया दिनुहोस्