नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन्– 'सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रोइराछु'

लोकान्तर

काठमाडौँ

ईश्वर अर्याल

पछिल्लो समय कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको ‘हट-स्पट’ बनेको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले परिस्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको भन्दै दु:ख प्रकट गरेका छन् । 

गत जेठ ४ गते भारतको मुम्बईबाट आएका एक संक्रमितको मृत्यु भएपछि परिस्थिति थप तनावग्रस्त बन्न पुगेको छ ।  

लोकान्तरसँग कुरा गर्दै अध्यक्ष शाहले आफूसँग टाउको समातेर रुनुको विकल्प नरहेको सुनाए । 

‘हिजो म एकछिन टाउको समातेर रोएँ,’ उनले भने, ‘यहाँका मान्छेहरूले पनि बुझिरहेका छैनन्, संक्रमितहरूले नै आफूलाई केही नभएको र जबर्जस्ती राखिएको भनेर आरोप लगाउन थालेपछि हामीसँग अरू के विकल्प रह्यो र ?’

प्रकाशित मिति: : 2020-05-20 18:50:51

प्रतिकृया दिनुहोस्