पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। बुधबारसम्म पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको अधिकारीहरुले बताएका छन्।
विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ।
पाकिस्तानमा संक्रमितमध्येका ९८५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ।
वल्र्डओमिटरका अनुसार पाकिस्तनमा बुधबार मात्र ४६ जना संक्रमितको ज्यान गएको छ। विगत २४ घण्टा भित्रमा यहाँका ५० जनाको मृत्यु भएको र दुई हजार जनाभन्दा बढी संक्रमित थपिएको छ।
पाकिस्तामा सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा रहेको छ। सो राज्यमा १७ हजार भन्दा बढी व्यक्ति संक्रमणमा परेका छन्।
त्यसैगरी पञ्जावमा १६ हजार, खैबर पाख्तुनख्वामा छ हजार ३२५, बलुचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना संक्रमित रहेका छन्।
संक्रमितहरुमध्ये १३ हजार १०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३१ हजार ८१२ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्।