कोरोना संक्रमित भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको मैतीदेवीमा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो।

रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो। भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।

संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ। मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।

उनीहरु वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको खुलेको छ। जेठ २ गते शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा पीसीआर प्रतिविधिबाट परीक्षण भएको थियो। संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-20 14:18:57

प्रतिकृया दिनुहोस्