बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजारभन्दा बढी

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो संख्यामा पछिल्ला आठ दिनको मृतक संख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ । 

स्याहार केन्द्रमा भएका मृत्युलाई पनि कोभिड–१९ का कारण मृत्यु भएको आशङ्का गरिएको र उनीहरूको मृत्यु प्रमाणपत्रमा सोही कुरा उल्लेख गरिएको भन्दै सार्वजनिक तथ्याङ्कमा बेलायतमा मृत्यु हुनेको संख्या सोमबार विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको ३४ हजार ७९६ भन्दा निकै माथि रहेको बताइएको छ ।

यसरी हेर्दा अहिलेसम्म बेलायत यूरोपमा सबैभन्दा बढी प्रभावित मुलुक भएको छ ।  इङ्ल्याण्ड र वेल्सस्थित स्याहार केन्द्रमा मृत्यु भएकाको संख्या छ हजार ३५ हुनुपर्नेमा तीन हजार ९३० भएको उल्लेख गरिएको थियो । यो संख्या समावेश गर्दा ती राज्यका स्याहार केन्द्रमा नौ हजार ९७५ व्यक्तिको मृत्यु भएको छ । 

प्रकाशित मिति: : 2020-05-19 21:45:25

प्रतिकृया दिनुहोस्