सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो। 

मंगलबार नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो। 

नीति तथा कार्यक्रम पारित भएसँगै संसद बैठक स्थगित गरिएको छ। 
प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते मंगलबार दिनको १ बजे बस्ने छ।
 

प्रकाशित मिति: : 2020-05-19 15:25:33

प्रतिकृया दिनुहोस्