डब्लुएचओ चीनको ‘कठपूतली’ बन्याे: राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपूतली’ बनेको आरोप लगाएका छन्।

डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो। 

‘डब्लुएचओले हाम्रो लागि निकै खराब र डरलाग्दा सुझाव दियो। उ जहिले  गलत सावित भएको छ र चीनको मात्रै पक्ष लियो,’उनले भनेका छन्।

डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन्। चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको उनले आरोप लगाएका छन्।

डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा अमेरिकाको तर्फबाट स्वास्थ्य मन्त्री भिडियो मार्फत सहभागी भए। तर ट्रम्प आफै भने सहभागी भएनन्। 

डब्लुएचओले कोरोना भाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाए। सोही कारण धेरै व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्य मन्त्रीले आरोप लगाएका छन्।

डब्लुएचओको वार्षिक बैठकको सुरुवातमा सोमबार चीनका राष्ट्रपति सी जिनपिङले चीन जहिले पनि खुला र पारदर्शी रहेको बताए। महामारीपछि कुनै पनि किसिमको अनुसन्धानका लागि तयार रहेको पनि बताए।
 

प्रकाशित मिति: : 2020-05-19 08:59:11

प्रतिकृया दिनुहोस्