अप्ठेरोमा परेका नेपालीहरुलाई नेपाल आउने प्रबन्ध गर्न नेता खड्काको आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले भारतमा अप्ठेरोमा परेका नेपालीहरुलाई बैधमार्ग बाटै व्यवस्थित तरिकाले आउने प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका छन्। संघीय सरकार र प्रदेश सरकारले प्रयाप्त बजेट उपलब्ध गराई कोरेन्टाइन लगायत व्यवस्थापनको जिम्मा ७५३ स्थानीय सरकारलाई दिन समेत सुझाएका हुन्।

‘भारतमा अप्ठेरोमा परेका नेपालीलाई व्यवस्थित तरिकाले नेपाल ल्याउने प्रबन्ध नगर्नु नै कोरोना भाइरस संक्रमणको हालैको डरलाग्दो बिस्तारको कारण भएको हो,’ सामाजिक सञ्जाल फेसबुकमा नेता खड्काले लेखेका छन्।

अब पनि सरकार कछुवाकै गतिमा हुने हो भने कोरोना भाइरसले भष्मासुरको रुप धारण गर्ने सरकारलाई चेतावनी दिएका छन्। ‘कतै लकडाउन सरकारका लागि सत्ता रक्षाको औजार त हुँदै छैन’, उनले प्रश्न गरेका छन्।

अधिकांस क्वारेन्टाइन अस्तव्यस्त रहेको उल्लेख गर्दै क्वारेन्टाइनमा नै कोरोना भाइरस संक्रमणको जोखिम रहेको उनले औल्याएका छन्। 

सरकारलाई प्रश्न गर्दै नेता खड्काले भनेका ‘के क्वारेन्टाइनमा स्वास्थ्य परिक्षण र प्रारम्भिक उपचारको उचित प्रबन्ध छ’,  

यस्तो अबस्थामा एकले अर्कालाई सक्दो सहयोगमा जुट्न र कोरोनाबाट बच्न, बचाउन नेता खड्काले अपील गरेका छन्।

प्रकाशित मिति: : 2020-05-18 22:03:08

प्रतिकृया दिनुहोस्