अपहरणको आरोप प्रमाणित भए सबै माननीयका अगाडि झुण्डिन तयार छुः सांसद श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

प्रतिनिधिसधभाको सोमबारको बैठकमा उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए ।

उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो । सम्पूर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

विवादास्पद अध्यादेशसँगै पार्टी फु्टाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाडौँ ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनाल विरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडाैँमा मुद्धा दर्ता गरेका छन् ।

प्रकाशित मिति: : 2020-05-18 13:23:13

प्रतिकृया दिनुहोस्