कोरोनाबाट मृत्यु भएकी सुत्केरीको गाउँमा स्वाब संकलन सुरु, एक सय बढीकाे परीक्षण गरिने

बिएल संवाददाता

सिन्धुपाल्चाेक

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाको गाउँमा स्वाब संकलन सुरु भएको छ।

प्रदेश मन्त्रालय अन्तर्गत गठित द्रूत प्रतिकार्य टोलीले महिलाको ज्यान गएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा मृतकको घर क्षेत्रको आफन्तको स्वाब संकलन सुरु गरेको हो। 

 स्वाब संकलन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका प्रमुख रमेश अधिकारी, प्रदेशका विज्ञ डाक्टर पुरुषोत्तम सेढाईँ, प्रयोगशाला प्रमुख नारायण कार्की, जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँसहितको आठ सदस्य टोली मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे ठोटनेरी पुगेको छ।

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलयले पहिलो घेरामा कम्तीमा एक सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए।

आइतबार मन्त्री दुलाल, उद्योग पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल लगायतका केही नेता तथा कार्यकता पनि मृतक महिलाको गाउँमा पुगेका थिए।

याे पनि


सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

काेराेना संक्रमित महिलाकाे मृत्यु: शिशुसहित ४ जना आइसोलेसनमा, रिपाेर्ट भाेलि आउने

कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

नेपालमा कोभिड–१९ बाट पहिलाे पल्ट महिलाकाे मृत्यु, पशुपतिमा दाहसंस्कार गरिदै

नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु पुष्टि, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षिय महिला

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ र माइती सिल, प्रहरी र सेना परिचालन हुने

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट पोजिटिभ

बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु, स्वाब टेकु ल्याइयाे


 

 

प्रकाशित मिति: : 2020-05-17 22:41:47

प्रतिकृया दिनुहोस्