मुम्बईका नेपालीलाई सागर भण्डारीले गरे राहत वितरण

युवा समाजसेवी सागर भण्डारीले मुम्बईमा बसोबास गर्ने ८५ परिवार प्रवासी नेपालीहरुलाई राहत वितरण गरेका छन्। 

कोरोना भाइस (कोभिड–१९) का कारण रोजगारी गुमाएर बन्दाबन्दीमा परेका नेपालीहरुलाई उनले खाद्यान्न सहयोग गरेका हुन्। मुम्बईमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ।

समाजसेवी भण्डारीले मुम्बई चकालाका १५ र मंखुर्डका ७० नेपाली परिवारलाई राहत बाँडेका हुन्। महाराष्ट्र राज्यमा बन्दाबन्दी लम्बिएपछि यहाँ रोजगारी गर्ने नेपालीहरु काम बिहिन बनेका छन्। 

बेरोजगारी बनेका उनीहरुको दैनिकीमा समस्या भएपछि मुम्बईका सामाजिक संघ–संगठन तथा समाजसेवीहरुले सहयोग तथा राहत वितरण गरिरहेका छन्।

बन्दाबन्दीको समयमा मुम्बईमा अलपत्र तथा दुःख पाएका नेपाली कामदारलाई कुनै समस्या भएमा आवश्यक सहयोग गर्ने भण्डारीले बताए।

प्रकाशित मिति: : 2020-05-17 22:24:52

प्रतिकृया दिनुहोस्