भारतमा मे ३१ सम्म लम्बियो लकडाउन

भारतमा लकडाउनको अवधि आउँदो मे ३१ सम्म लम्ब्याइएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै लकडाउन लम्ब्याएको हो।

सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदो मे ३१ सम्म देशैभर लकडाउनको अवधि बढाउन एनडीएमएले निर्देशन दिएको छ।

एनडीएमएले सरकारसँग कोरोना भाइरसको संक्रमण रोक्नको लागि यो लकडाउनलाई विपद् प्रबन्धन कानुन २००५ को अनुसार बढाउनुपर्ने बताएको छ।  

साथै एनडीएमएले आर्थिक गतिविधि खोल्न योग्य बनाउन लकडाउनको दिशानिर्देशमा सुधार गर्न नेशनल एक्जिक्युटिभ कमिटीलाई निर्देशन दिएको छ। यसबारेमा नयाँ दिशानिर्देश चाँडै नै सार्वजनकि गर्ने जनाएको छ। 

भारतमा अहिलेसम्म ९० हजार नौ सयभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा दुई हजार आठ सय ७२ जनाको ज्यान गएको छ। त्यस्तै ३४ हजार एक सय नौ जना उपचारपछि निको भएका छन्। 

प्रकाशित मिति: : 2020-05-17 20:16:22

प्रतिकृया दिनुहोस्