नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना ससंक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिएल नेपाली सेवालाई जानकारी दिए।
कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको पुष्टि भएको उनले बताए।
योसँगै कोरोना भाइरस संक्रमितको संख्या दुई सय ९५ पुगेको छ। ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ।