प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी र पत्रकारहरुको पीसीआर परीक्षण

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यकर्मी र पत्रकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ।

धेरैसँग सम्पर्कमा रहने भएका कारण तुलनात्मक रुपमा जाेखिममा रहेका स्वास्थ्यकर्मी र पत्रकारहरुकाे स्वाब संकलन गरी परीक्षण गर्न लागिएकाे प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

कर्णालीमा कोरोना रोगथाम तथा नियन्त्रणमा प्रतिष्ठानले मासमा काेराेना परीक्षण गराइरहेकाे प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए।

जनस्वास्थ्यमा र प्रतिष्ठानका स्वास्थ्यकर्मी र जुम्लामा क्रियासिल पत्रकारहरुकाे स्वास्थ परीक्षण गरिएकाे प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-17 15:24:04

प्रतिकृया दिनुहोस्