भारतले नेपाललाई दियाे पीसीआर टेस्ट कीट

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । 

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतबार पीसीआर किट हस्तान्तरण गरेका हुन् । 

पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ । 

प्रकाशित मिति: : 2020-05-17 12:16:26

प्रतिकृया दिनुहोस्