कोरोना संक्रमण आशंकामा लालपुर सिल

बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल सिल गरिएको छ। 

स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु– ११ की २८ वर्षीयामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो। 

मन्त्रालयले सूचना जारी गरेसँगै टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ। 

बर्दियामा उक्त ठाउँ नै नभएका अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुर भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए।

लालपुर स्थायी घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौं फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित  लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी  प्रेमलाल लामिछानेले बताए।
 

प्रकाशित मिति: : 2020-05-16 19:28:55

प्रतिकृया दिनुहोस्