भोलिदेखि काठमाडौंमा हिँड्न क-कसलाई सवारी पास चाहिन्न!

गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन्।

काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ।

प्रशासनका अनुसार एम्बुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालबस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य बस्तु, पशुपंक्षीजन्य आहरा, खसी बोका, राँगा, कुखुरा-माछा, तरकारी, फलफुल, निर्माण सामग्रीहरु, बोकेका सवारी साधनहरुलाई सवारी पास बिना आवतजावत गर्न दिइनेछ।

अन्यको हकमा नियामक निकाय भए उनीहरुले पास जारी गर्ने र नियामक निकाय नभए जिल्ला प्रशासन कार्यालयले सवारी पास जारी गर्ने प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति: : 2020-05-15 18:05:53

प्रतिकृया दिनुहोस्