खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याइने, विदेशबाट फर्किएका र वेराेजगारलाई कृषिमा लगाइने

बिएल संवाददाता

काठमाडाै‌ं

खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको बताइन्। त्यसका लागि कृषिमा लगानी गर्ने उनले बताइन्। 

कृषि आधुनिकीकरण परियोजनालाई प्रमुख कार्यक्रमको रुपमा देशभर विस्तार गरिने बताउँदै उनले कृषि उत्पादनसँग सम्बन्धित अन्य कार्यक्रम नदोहोरिने गरि कार्यक्रम सञ्चालन गरिने सरकारले नीति लिइने बताइन्। 

उनले वेरोजगारीलाई रोक्नका लागि व्यवसायीक कृषि र उत्पादन मुलक सेवाका कार्यक्रम परिचलान गर्ने बताइन्। ‘रोजगारी गुमाएर विदेशबाट फर्किने युवाहरुलाई भौतिक पूर्वाधार तथा विकास निर्माणका काममा लगाउने छ,’उनले भनिन्।  

यस्तै उनले खेर गएको जमिनलाई उपयोगमा ल्याउने बताइन्। उनले रासायनिक मल र उन्नत बीउको वितरण तथा सिंचाई क्षेत्रको पनि विस्तार गर्ने बताइन्। ‘धान, मकै आलु लगायतको उत्पादनमा वृद्धि भएको छ। अगामी आर्थिक वर्षमा थप आधुनिकीकरण, व्यवसायीककरण र यान्त्रिककरणमा जोड दिई उत्पादन बढाइने छ,’उनले भनिन्।

अर्गानिक खेतीका लागि कृषकलाई प्रोत्साहित गर्नुको साथै कृषियोग्य जमिनको माटो नियमित परीक्षण गरिनुको साथै माटोको प्रकारको बारेमा कृषकलाई जानकारी दिइने उनले बताइन्। कृषकले लागतको आधारमा उचित मूल्य पाउने वजारको व्यवस्थान गर्नुको साथै कृषकले बाली लगाउनुपूर्व त्यसको समर्थन मूल्य तोक्ने उनले बताइन्। 

‘कृषि उपजको मूल्य शृङ्खलाको व्यवस्था गर्नुको साथै संंघ, प्रदेश र स्थानीय तहको मूल्यलाई समायोजन गरिने छ,’उनले भनिन्। यस्तै उनले अण्डामा आत्मनिर्भर भएका बताउँदै उनले माछा मासु लगायत अन्य कुरामा पनि आत्मनिर्भरको नजिक रहेको बताइन्। 

पोषणयुक्त आहार उत्पादन गर्ने बताउँदै उनले पहाड र तराईमा गाई, भैसी, भोडा, चाङ्ग्राको उत्पादनमा जोड दिइने बताइन्। पशुबाट सार्ने रोगलाई नियन्त्रण गर्न क्वारेन्टाइनको व्यवस्था गरिने पनि उनले बताइन्। 

प्रकाशित मिति: : 2020-05-15 17:50:01

प्रतिकृया दिनुहोस्