२३ हजार ९ सय १४ को पीसीआर विधिबाट नमुना परीक्षण, २ सय ६७ आइसोलेसनमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ। मकवानपुरका १ र बाँकेका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा मकवापुरका ३७ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो।

यस्तै भेरी अस्पतालको प्रयोगाशालामा भएका परीक्षणमा बाँकेका ८ जना पुरुषमा पोजेटिभ देखिएको छ। उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका छन्। देशभरीका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ। प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा १ सय जनामा संक्रमण भेटिएको छ।

 यस्तै बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय २ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्। शुक्रबार एकजना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

 कोसी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षिय पुरुष २७ दिनपछि घर फर्किएका हुन्।

शुक्रबारसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन्।

प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन्। यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्। उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्।

अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन्। प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-05-15 16:53:00

प्रतिकृया दिनुहोस्