कलैया अस्पताललाई कोभिड अस्पताल बनाइने

प्रदेश २ सरकारले कलैयाअस्पताललाई कोरोना अस्पताल बनाउन गरेको निर्णय कार्यन्वयन हुने भएको छ । 

अस्पताल र बारा नर्सिग होमसँग जिल्ला प्रशासनमा सम्झौता भएसँगै काेभिड  बिषेश अस्पताल रुपमा संचालन हुने निश्चित भएको हो । 

कलैया अस्पतालको विकल्पमा कलैयास्थित बाल मन्दिरको पश्चिमपट्टि  रहेको बारा नर्सिग होममा ओपिडी, गाईनो, ईमेरजेन्सी लगायतका सुबिधा प्रदान गर्ने निर्णय भएको  अस्पतालका प्रमुख विरेन्द्र प्रसाद मण्डलले बिएल नेपाली सेवालाई बताए।

उनले नागरिकको चहना कलैया अस्पताललाई कोभिड अस्पताल नबनाउने भएपनि प्रदेश सरकारको निर्णय मानुपर्ने बाध्यताका कारण कोभिड अस्पताल बनाउने प्रक्रिया शुरु गरिएको जानकारी गराए ।
 

प्रकाशित मिति: : 2020-05-15 13:46:43

प्रतिकृया दिनुहोस्