मुम्बईमा कोरोना संक्रमणबाट दुई प्रहरीको मृत्यु

भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणका कारण बिहीबार दुई प्रहरीको मृत्यु भएको छ ।

मुम्बई पुलिस कार्यालयले ट्वीटमार्फत सो कुराको पुष्टि गरेकाे हो ।

मुम्बई पुलिसका अनुसार स्थानीय सेवरी थानामा कार्यरत सहायक पुलिस सब इन्स्पेक्टर मुरलीधर वाघमारे र शिवाजी नगर थानामा कार्यरत प्रहरी भगवान पार्तेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

उनीहरु केही दिनदेखि कोरोना संक्रमणसँग जुधिरहेको थिए । 

प्रकाशित मिति: : 2020-05-15 07:32:09

प्रतिकृया दिनुहोस्