आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। 

यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताएका छन्।

कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-15 07:00:10

प्रतिकृया दिनुहोस्